शोकमा गरुडा, ठेकेदारको लापरवाहीले गयो चार बालिकाको ज्यान

शोकमा गरुडा, ठेकेदारको लापरवाहीले गयो चार बालिकाको ज्यान
गौतम श्रेष्ठ

२२ साउन, रौतहट । नौ वर्षकी छोरी सडकको छेउमा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि मञ्जुदेवी साह बेहोस छिन् । बेलाबेला होसमा आउँछिन् र, ‘मेरी छोरी कतिखेर घर आउँछे’ भन्दै आँगनभरी जम्मा भएकाहरुलाई सोध्छिन् ।

परिवारका सदस्यहरु पनि उनलाई सम्झाउन सक्ने अवस्था छैनन् । सकुन् पनि कसरी ? १० देखि ९ वर्षका बालिकाहरुको सडक बनाउने क्रममा खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको छ ।

यो घटनाले सिंगो गरुडा शोकमा डुबेको छ । मृतक मध्ये संगिता र सुनिता साहका बुबा रामएकवाल साह पनि अर्धचेत अवस्थामा छन् ।

हुर्कँदै गरेकी दुई छोरी गुमाएका राम एकवाल सडक निर्माण कम्पनीलाई कारवाही माग गरिरहेका छन् । उनीहरुले आइतबार मृतक बालिकाको शव सडकमा राखेर प्रदर्शन समेत


समाचार / गतिबिधि View All

Upcoming Events View All