मन्डेलाई एकल काता स्वर्ण

नेपाल प्रहरीका मन्डेकाजी श्रेष्ठले गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिताको पुरुष एकल कातामा शनिबार स्वर्ण जितेका छन् । बौद्धस्थित महेन्द्र बौद्ध माविमा भएको प्रतिस्पर्धामा मन्डेले पूर्वाञ्चलका रोहित राईलाई पराजित गरे । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकल काताको स्वर्ण प्रहरीकै निर्मला तामाङले […]

हक्की खेलाडी छनोट

पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि नेपाल हक्की संघले १८ पुरुष खेलाडी छनोट गरेको छ । मध्यपश्चिमाञ्चल बाहेक ४ क्षेत्रका ४० खेलाडी सहभागी छनोट प्रतिस्पर्धाबाट अन्तिम १८ पुरुष खेलाडीको छनोट गरिएको हक्की मुख्य प्रशिक्षक अश्विनी अधिकारीले जनाएका छन् । छनोट प्रतिस्पर्धा हेटौंडामा भएको थियो । कञ्चनपुरबाट सर्वाधिक ६ खेलाडी छनोट हुन सफल भए । झापाबाट […]

प्रतिवेदन प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न स्थानमा निर्माण गर्न लागेको खेल पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदनमा छलफल भएको छ । सिमरा र धरानको फुटबल रंगशाला, भैरहवा, पोखरा, महेन्द्रनगर र बैतडी क्रिकेट रंगशाला तथा वीरगन्ज फुटबल र क्रिकेट रंगशालाको कन्सल्ट्यान्टले स्थलगत निरीक्षण गरी मंगलबार प्रस्तुतको नक्सामा छलफल भएको हो । सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत […]

कराते टोली दुबई प्रस्थान

प्रिमियर लिग कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार दुबई प्रस्थान गरेका छन् । मार्च २९ देखि अप्रिल २ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८४ केजीमुनि विप्लव श्रेष्ठ र ७५ केजीमुनि विनोद महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी दीपक श्रेष्ठ र टिम व्यवस्थापकमा उमेश […]

शिवानी एयर बुद्धिचाल आइतबारदेखि

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्राकार समाज ललितपुरको सह–आयोजनामा पाँचौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । स्विस लिग प्रणालीमा ११ चरणसम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको छ । विजेताले १ लाख ८२ हजार ९ सय रुपैयाँ मूल्य बराबरको सालुटो […]

आर्विटर सेमिनार सुरु

नेपाल बुद्धिचाल संघको आयोजना तथा नेकोस चेस एकेडेमीको व्यवस्थापनमा राष्ट्रिय आर्विटर रिफ्रेसर कोर्स र राष्ट्रिय आर्विटर सेमिनार सोमबारदेखि सुरु भएको छ । तीनदिने सेमिनारमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमारले राष्ट्रिय आर्विटरलाई प्रशिक्षण दिने छन् । सेमिनारमा ४० प्रशिक्षार्थी सहभागी छन् । सेमिनारको एसियन चेस फेडेरेसनका उपाध्यक्ष भरत सिंह चौहानले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक […]

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्लाह रकिब बने ३.२ जोनल चेस च्याम्पियन, महिलातर्फ ७३ वर्षीय रानी हमिद च्याम्पियन

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिब सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् । ९ खेलबाट ८ अंक बनाएका रकिबले […]

कट्वाल सम्मानित

मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल सोमबार सम्मानित भएका छन् । न्यु श्रृष्टि दैनिकले खेलकुद क्षेत्रलाई अगाडि बढाउन र सातौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन उल्लेखनिय योगदान पु¥याएको भन्दै कट्वाललाई सम्मान गरेको हो । श्रृष्टि दैनिकको छैठौं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले कट्वाललाई सम्मान पत्र प्रदान गरी सम्मान […]

बंगलादेशी ग्रान्डमास्टर रकिब उपाधि होडमा, नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मालाई क्यान्डिडेटमास्टरको उपाधि पक्का, महिलातर्फको उपाधि होड रोमाञ्चक हुँदै

काठमाडौं, चैत १३ । बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा उभिएका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसीप अन्र्तगत आईतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) […]

‘टेबलटेनिसको विकासमा सहयोग गर्ने’

एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारी र खेलाडीसंगको भेटमा चौधरीले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘विगतमा पनि हामीले नेपाली टेबलटेनिसलाई सहयोग गर्दै आइरहेका छौं । आगामी दिनमा पनि सक्दो सहयोग […]

FederationsView All

समाचार / गतिबिधि View All